समाचार विहीबार, फागुन १५, २०७६

‘अन्तरसम्बन्ध व्यवस्थापन’ विधेयक आज संसदमा प्रस्तुत हुँदै

हिमालखबर

‘अन्तरसम्बन्ध व्यवस्थापन’ विधेयक आज संसदमा प्रस्तुत हुँदै

संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ बिहीबार प्रतिनिधिसभाको बैठकमा प्रस्तुत हुने भएको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा उत्पत्ति भएको सो विधेयक माथि विचारका लागि प्रस्ताव प्रस्तुत गर्ने संसदको कार्यसूची रहेको छ ।

यो विधेयक राष्ट्रियसभाले ६ माघमै पारित गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले २०७६ वैशाखमा राष्ट्रिय सभामा दर्ता गरेको थियो । लामो छलफलपछि राष्ट्रियसभाबाट पारित यो विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि फेरि राष्ट्रियसभामै आउनेछ ।

जुन सभाबाट उत्पत्ति भयो, अन्तिममा त्यही सभाले विधेयक पारित गर्ने प्रावधान छ । विज्ञहरुका अनुसार यो विधेयक संविधान जारी भएपछि तीन तहको चुनाव हुनु अघि नै ल्याउनुपर्ने हो । यसमा ढिलाइ गर्दा सरकारहरु बीच अधिकार क्षेत्रको कतिपय विवाद भएर अदालतसम्म पुगेको छ ।

प्रतिकृया दिनुहोस