च्याम्पियन्स लिगमा युभेन्टस र रियल मड्रिड पराजित
युरोपियन च्याम्पियन्स लिगमा बलियो क्लबहरू युभेन्टस र रियल मड्रिड पराजित भएको छ । संयोग नै भन्नुपर्छ, स्टार स्ट्राइकर क्रिश्चियानो रोनाल्डोको क्लब युभेन्टस र उनकै पूर्व क्लब रियल पहिलो लेगमा पराजित भएको हो ।
लियोनसँग युभेन्टस पराजित भयो । लुकास टोइसर्टले पहिलो हाफको ३१औं मिनेटमा गरेको गोल नै निर्णायक बन्दा युभेन्टस पराजित भयो । पहिलो हाफमै पछाडि परेको युभेन्टस खेलभर हाबी भएको थियो । तर, स्टार खेलाडीहरुले भरिएको युभेन्टसले गोल फर्काउन सकेन ।
रोनाल्डोकै पूर्व क्लब रियल मड्रिड भने अर्का बलियो क्लब म्यानचेस्टर सिटीसँग पराजित भयो । ६८औं मिनेटमा दश खेलाडीमा सीमित भएको रियलमाथि सिटी पुरापुर हाबी भएको थियो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।
दोस्रो हाफको ६०औं मिनेटमा इस्कोले गोल गर्दै दिलाएको अग्रता जोगाउन नसक्दा रियल पराजित भयो । सिटीका लागि गाब्रिएल जिससले ७८औं र केभिन डे ब्रुयनेले ८३औं मिनेटमा गोल गरे । जिससको गोलसँगै बराबरीमा आएको सिटीले पेनाल्टी गोल गर्दै जित निकालेको थियो ।