दिल्ली हिंसा : कांग्रेस प्रमुख सोनियाद्वारा गृहमन्त्री अमित शाहको राजीनामा माग
भारतीय कांग्रेस प्रमुख सोनिया गान्धीले दिल्लीमा भड्किएकाे हिंसाको जिम्मेवारी केन्द्रीय गृहमन्त्री अमित शाहले लिनुपर्ने बताएकी छिन् ।
बुधबार पत्रकार सम्मेलनमा बोल्दै गान्धीले भडकाव अभिव्यक्ति दिएर सामाजिक सद्भावलाई खल्बल्याएको र गैर जिम्मेवारपूर्ण भाषणबाजी गरेको भन्दै उनले राजीनामा दिनुपर्ने बताएकी छिन् ।
दिल्ली हाई कोर्टले भडकाव अभिव्यक्ति दिएको भन्दै सत्तारुढ दल भारतीय जनता पार्टीका तीन जना नेतामाथि प्रारम्भिक उजुरी (एफआईआरु) दर्ता गराउन पुलिसलाई आदेश दिएको छ ।
पूर्वी दिल्लीको एक अस्पतालका अनुसार अहिलेसम्म २० जनाको मृत्यु भइसकेको छ।