दिल्लीको हिंसात्मक आन्दोलनमा मृत्यु हुनेको संख्या २० पुग्यो
भारतको राजधानी दिल्लीमा आइतबारदेखि जारी हिंसात्मक आन्दोलनमा मृत्यु हुनेको संख्या २० नाघेको छ । नागरिकता कानून संसोधन विधेयक विरोधी र समर्थक समूहबीच भएको झडपमा प्रहरी र १५० जनाभन्दा बढी घाइते भएका छन् ।
केही महिना अघिदेखि दिल्लीमा सुरु आन्दोलन आइतबारदेखि हिंसात्मक बन्दै गइरहेको छ ।
मंगलबार दिनभर पूर्वी दिल्लीका विभिन्न क्षेत्रमा हिंसाले चर्को रुप लिएपछि राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले उक्त क्षेत्रको निरिक्षण गरेका थिए ।
दिल्लीका जफ्फरबाद, मौजपुर, गोकुलपुरी चोकलगायत क्षेत्रमा अवस्था तनावपूर्ण बनेको छ ।