खेलकुद मंगलबार, फागुन १३, २०७६

एसिया–११ मा सन्दीप लामिछाने

हिमालखबर

एसिया–११ मा सन्दीप लामिछाने
null

बांग्लादेश क्रिकेट बोर्ड (बीसीबी) ले एसिया–११ र वल्र्ड–११ बीच दुई टी–२० क्रिकेट आयोजना गर्ने भएको छ ।

बांग्लादेशका संस्थापक शेख मुजिव उर–रहमानको सयौं जन्मजयन्तीको अवसरमा प्रतियोगिता गर्ने भएको हो । भारतका कप्तान विराट कोहलीको कप्तानीमा एसिया–११ के टीम बनेको छ ।

टीममा नेपालका सन्दीप लामिछाने पनि परेका छन् । शिखर धवन, केएल राहुल, तमिम इकवाल, लिटोन दास, ऋषभ पन्त, मुस्फिकर रहिम, थिसरा परेरा, रासिद खान, मास्तफिजुर रहमान, लासिथ मालिंगा, मोहम्मद सामी, कुलदिप यादव र मुजिर उर रहमान छन् ।

प्रतिकृया दिनुहोस