थुनाबाट मुक्त गराइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
थुनाबाट मुक्त गराइदिन्छु भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीलाई पैसा दिई थुना मुक्त गरिदिने भन्दै ठगी गर्ने वीरगञ्ज छपकैयाँका महम्मद सम्साद अलीलाई प्रहरीले पक्राउ गरेको हो ।
गत२० असोजमा सार्वजनिक शान्ति विरुद्धको कसूर मुद्दामा हिरासतमा रहेका वीरगञ्ज–१६ नगवाका २० वर्षीय सदाम हुसेनलाई प्रहरीलाई पैसा दिई थुनाबाट मुक्त गराई छुटाइदिन्छु भनी ठगी गरेका थिए ।
महम्द सम्साद अलीले अभियुक्त सदाम हुसेनका अभिभावकसँग रु.४० हजार लिएको प्रहरीले बताएको छ । उनलाई प्रहरी कार्यालय बिर्ताले नियन्त्रणमा लिई सार्वजनिक शान्ति विरुद्धको कसूर मुद्दामा कारवाही अघि बढाएको जनाएको छ।