मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनाको छानविन प्रतिवेदन सार्वजनिक
तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान जानेगरी ताप्लेजुङको पाथिभरामा भएको हेलिकप्टर दुर्घटनाको छानविन प्रतिवेदन सार्वजनिक भएको छ।
प्रतिवेदनमा छानविनका लागि गठित आयोगले पाइलट अति उत्साहित भएका कारण दुर्घटना भएको हुनसक्ने बताएको छ।
"प्रतिकूल मौसमबीच पाथिभराको हेलिप्याडबाट उडान गर्नासाथ पाइलट अति उत्साहित अवस्थाबाट प्रभावित भएको हुनसक्ने देखिन्छ," प्रतिवेदनमा भनिएको छ "त्यसपछि उनले तुरुन्तै जोडसँग आएको हावाको झोक्का र हिमपातले उनलाई मौसमको प्राविधिक जानकारीका आधारमा मात्र उडान गर्नुपर्ने अवस्थामा पुर्याउँछ । त्यहाँको अवस्थागत जानकारी र हेलिकप्टरको नियन्त्रण उनले गुमाउँछन् र अन्ततः जमिनमा बजारिन्छ ।"
दुर्घटना पश्चात सरकारले गतवर्ष यज्ञप्रसाद गौतमको अध्यक्षतामा गठन गरेको आयोगले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो ।
समितिमा व्रिगेडियर जनरल दीपकप्रसाद बास्तोला र अवकाशप्राप्त पाइलट कर्णेल प्रमोदकुमार लामा सदस्य थिए भने बुद्धिसागर लामिछाने सदस्य सचिव थिए ।
यस्तो छ प्रतिवेदन