कर्णालीमा जीप खस्दा चालकको मृत्यु
कर्णाली राजमार्गमा पर्ने कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका–१ को जितेबाट मंगलबार विहान कर्णाली नदीमा जीप खस्दा सो जीपका चालकको मृत्यु भएको छ ।
रासकोटबाट जितेगडासम्म यात्रु पुर्याएर फर्किने क्रममा लु१ज ४१४१ नम्बरको जीप कर्णाली नदीमा खसेको र चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी श्यामबाबु ओलियाले जानकारी दिएका छन् ।
मृत्यु हुने चालकको नाम र ठेगाना खुल्न नसकेको उनले बताएका छन् । उनका अनुसार जीपमा चालक मात्र रहेको र चालकको शवको पहिचानका लागि प्रहरीले प्रयास गरिरहेको छ।
यज्ञराज थापा, दैलेख