अमेरिकी राष्ट्रपति ट्रम्प दुई दिने भ्रमणका लागि भारतमा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणका लागि सोमबार भारतको गुजरातस्थीत अहमदाबाद पुगेका छन् । श्रीमति मेलानिया ट्रम्पका साथ पुगेका ट्रम्पलाई अहमदावाद विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् ।
ट्रम्पलाई सांस्कृतिक बाजागाज सहित एक हजार बढी कलाकार लिएर विमानस्थल पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका थिए ।
भ्रमण अवधिभर भारतको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । भारतीय सुरक्षाकर्मीसहित अमेरिकी सुरक्षा एजेन्सीको पनि बाक्लो उपस्थीति रहेको छ ।
सोमबार दिउँसो ट्रम्प र मेलानिया आग्रा पुगेर ताजमहलको भ्रमण गर्ने कार्यक्रम रहेको छ । ताजमहलबाट सूर्यास्त हेरेपछि साँझ उनीहरु दिल्ली प्रस्थान गर्नेछन् भने मंगलवार भारतीय राष्ट्रपति रामनाथ कोविन्द र ट्रम्पबीच भेटवार्ता हुनेछ । मेलानियाको भने दिल्लीका विद्यालयहरुको अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।