समाचार आइतबार, फागुन ११, २०७६

राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्नसक्ने गरी संविधान संशोधनका लागि बन्याे समिति

हिमालखबर

राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्नसक्ने गरी संविधान संशोधनका लागि बन्याे समिति

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनका लागि समिति बनाएको छ ।

शनिबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । उक्त समितिमा खिमलाल देवकोटा र सुवासचन्द्र नेम्वाङ सदस्य रहेका छन्।

यसअघि नेकपा उपाध्यक्ष वामदेव गौतमले आफूलाई राष्ट्रियसभा सदस्य मनोनीत गर्ने हो भने पहिले राष्ट्रिय सभा सदस्य पनि प्रतिनिधिसभा सदस्य जस्तै प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने माग राखेका थिए।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन गर्न गृहकार्यका लागि नेता नेपालको संयोजकत्वमा समिति बनाउने प्रस्ताव राखेका थिए ।

प्रतिकृया दिनुहोस