अपाङ्ग महिला संघको अध्यक्षमा टीका दाहाल
नेपाल अपांग महिला संघको अध्यक्षमा टीका दाहाल सर्वसम्मत चयन भएकी छिन् । २०५४ सालमा स्थापित यो संस्थाले अपांगता भएका महिलाहरुको हक अधिकार र नीतिगत क्षेत्रमा काम गर्दै आएको छ ।
संघको संस्थापक उपाध्यक्ष रहेकी दाहाल यसअघि अध्यक्ष र राष्ट्रिय अपांग महासंघको उपाध्यक्ष थिइन् ।
हाल १४ वटा जिल्लामा शाखा रहेको अपांग महिला संघलाई सबै जिल्लामा विस्तार गर्ने र सबै खालका अपांगता भएका देशभरका महिलालाई संगठित गर्ने योजना रहेको दाहालले बताइन् ।
साथै अपांगता महिलाहरुको महासंघ बनाउने गरी आफू लाग्ने पनि उनले बताइन् ।
टीका दाहाल