टर्कीमा ५.७ म्याग्नीच्युडको भूकम्प, सात जनाको मृत्यु
इरान र टर्कीको सीमामा ५.७ म्याग्नीच्युडको भूकम्प जाँदा ७ जनाको मृत्यु भएको छ । केही व्यक्तिहरु अझैँ पनि भत्किएको भवनमुनि रहेको टर्की सरकारले जनाएको छ ।
उक्त भूकम्प जमिनबाट १० किलोमिटर गहिराईमा गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
- एजेन्सी