चेपेखोला जलविद्युत आयोजनामा एनएमबी ब्यांकले लगानी गर्ने
लमजुङको दुधपोखरी गाउँपालिका र गोरखाको अजिरकोट गाउँपालिकाको सीमानामा रहेको चेपे खोला साना जलविद्युत आयोजनामा एनएमबी ब्यांकले लगानी गर्ने भएको छ ।
८.६३ मेगावटको चेपे खोला साना जलविद्युत आयोजनामा ब्यांकले लगानी गर्ने सम्झौता भएको छ । डेढ अर्व लागतको आयोजनामा ब्यांकले एक अर्व १२ करोड लगानी गर्नेछ । यो सँगै एनएमबी ब्यांकले लगानी गर्ने आयोजना संख्या ४० पुगेको छ ।
चेपे खोला साना जलविद्युत आयोजनामा जलविद्युत क्षेत्रका अनुभवी प्रवद्र्घकहरु तथा स्थानीय बासिन्दाहरुको लगानीमा निर्माण हँुदैछ ।