थप समाचार आइतबार, फागुन ११, २०७६

रतुवामाईमा चक्रपथ बन्ने, नगरबस सञ्चालन गरिने

हिमालखबर

रतुवामाईमा चक्रपथ बन्ने, नगरबस सञ्चालन गरिने

मोरङका १७ स्थानीय तह मध्ये रतुवामाई नगरपालिकाले चक्रपथ निर्माण गर्ने भएको छ ।

विराटनगरमा दुई दशक अघि चक्रपथ निर्माण सुरु भएपनि केही ठाउँमा सडक निर्माण अधुरै छ । तर, रतुवामाईमा निर्माणाधीन चक्रपथमा आगामी वर्ष नगर बस समेत सञ्चालन गर्ने नगरपालिकाले योजना बनाएको छ ।

संघ, प्रदेश र नगरको लगानीमा सडक निर्माण तीव्र गतिमा चलेको मेयर रबिन राईले बताए । मदन भण्डारी मार्ग र गिरिजाप्रसाद कोइराला मार्ग संघीय र प्रदेश सरकारको लगानीमा निर्माण भइरहेका छन् ।

७५ किलोमिटर रहने चक्रपथको १३ किलोमिटर भने नगरपालिकाकै लगानीमा निर्माण भइरहेको राईले जानकारी दिए ।

चालु नगरसभाले नै पूर्वी मोरङको रतुवामाईमा नगरबस सञ्चालनको निर्णय गरेर प्रक्रिया थाल्ने भएको छ । निर्वाचित भएर आएपछि ब्यवहारिक र कानुनी जटिलताले विकासका काम गर्न कठिनाई भएपनि हाल त्यो अवस्था नरहेको बताउंदै उनले गर्दै र सिक्दै जाने क्रममा योजनाहरुले तिब्रता पाउन थालेको जानकारी दिए ।

-कमल रिमाल

 

 

प्रतिकृया दिनुहोस