कोरियामा कोरोना प्रकोप ‘गम्भीर चरणमा’- स्वास्थ्य उपमन्त्री
दक्षिण कोरियामा कोरोनाभाइरसको प्रकोप ‘एउटा गम्भीर चरणमा’मा प्रवेश गरेको त्यहाँका स्वास्थ्य उपमन्त्री किम गाङ–लिपले बताएका छन् ।
कोरियामा शुक्रबार मात्रै संक्रमित संख्या २२९ जना थपिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार, कोरियामा संक्रमित संख्या ४४३ पुगेको छ ।
कोरोनाभाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ । अस्पताल र पूर्वोत्तर सहर डाएगु क्षेत्रमा कोरोना भाइरसका संक्रमित देखिएका छन् ।
कोरोनाबाट चीनमा ७६ हजार २८८ संक्रमित भएका छन् भने २३४५ जनाको मृत्यु भइसकेको छ । जापानमा ६ सयमा संक्रमण देखिएको छ । विश्वका २६ देशमा १२ सय बढीमा यो संक्रमण देखिएको छ ।