खेलकुद आइतबार, फागुन ११, २०७६

युभेन्टसलाई शीर्ष स्थानमै राख्न रोनाल्डोको गोल

हिमालखबर

युभेन्टसलाई शीर्ष स्थानमै राख्न रोनाल्डोको गोल

सिरि एमा स्पेललाई हराउँदै युभेन्टस शीर्ष स्थानमै रहेको छ । शनिबार राति सकिएको खेलमा युभेन्टसले दुुई–एक गोल अन्तरले जित निकालेको हो ।

पहिलो हाफमा क्रिश्चियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । उनले ३९औं मिनेटमा गोल गरे । पहिलो हाफमा एक–शून्यको अग्रता लिएको युभेन्टसले दोस्रो हाफमा अग्रता बनायो ।

६०औं मिनेटमा आरोन रामसेले गोल गोल गरे । तर, ६९औं मिनेटमा स्पेलले पेनाल्टी पायो । पेनाल्टी गोल गर्दै खेलमा फर्कने प्रयास गरेको थियो ।

तर, थप गोल हुन नसकेपछि युभेन्टस विजयी भयो । जितसँगै, २५ खेलबाट ६० अंक जोड्दै युभेन्टस शीर्ष स्थानमा कायमै रहेको छ ।

प्रतिकृया दिनुहोस