गोकुल बाँस्कोटाबारे अख्तियारलाई नै छानबिन गर्न दिइने
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सेक्युरिटी प्रिन्टिङ खरीद प्रक्रियामा कमिसन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएकोबारे छलफल गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले अडियो प्रकरणबारे छलफल गरेको हो ।
निवर्तमान सूचना, प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीसको एक कम्पनीका नेपाली एजेन्ट बिजयप्रकाश मिश्रसँग ७० करोड कमिसन निकाल्नेगरी बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् ।
तर, यो विषयमा पार्टीले भने छानबिन नगर्ने भएको छ । राजीनामा पछाडि बाँस्कोटाले पार्टी, संसद, अख्तियार र सीआईबीले यो प्रकरणको छानबिन गर्नुपर्ने माग गरेका थिए ।
नेकपाले भने अख्तियार लगायत राज्यका अंगबाट छानबिन थालेकाले छुट्टै छानबिन नगर्ने भएको हो ।