कार दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
मदिरा पिएर कार चलाउँदा पोखरामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मदिरा पिएका कार चालक २८ वर्षीय शिव पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ग २ ख ७७६३ नम्बरकाे कार दुर्घटनामा कास्कीको पोखरा महानगरपालिका–१७ की २१ वर्षीय जमुना क्षेत्री रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जमुनाकी डेढ वर्षकी छोरी, पोखरा बस्दै आएकी २१ वर्षीय बिना थापामगर र उनको चार वर्षीय छोरा अनिष घाइते भएका भएका छन् । घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।