एमसीसी अध्ययन कार्यदलले बुझायो प्रतिवेदन
आर्थिक सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याट (एमसीसी) बारे अध्ययन गर्न बनेको कार्यदलले प्रतिवेदन बुझाएको छ।
शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलका अध्यक्ष झलनाथ खनालले कार्यदलको प्रतिवेदन नेकपाका अध्यक्षद्वयलाई बुझाएका हुन्।
एमसीसी संसदबाट अनुमोदन गर्ने विषयमा विवाद उत्पन्न भएपछि त्यस विषयमा अध्ययन गर्न राजधानीमा बसेको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले खनालको अध्यक्षतामा तीन सदस्यीय कार्यदल गठन गरेको थियो।
कार्यदलमा स्थायी कमिटीका सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य रहेका थिए। कार्यदलले बुझाएको प्रतिवेदनबारे खुलाइएको छैन।