बज्जिका पत्रकारले मनाए मातृभाषा दिवस
रौतहटका बज्जिका पत्रकारहरूले मातृभाषा दिवस मनाएका छन्।
बज्जिका भाषाका जिल्लाका क्रियाशील पत्रकारहरूले कटहरिया नगरपालिकाकी उपमेयर नूरजहाँ खातुनको प्रमुख आतिथ्यमा गरुडामा भएको एक कार्यक्रममा मातृभाषा दिवस मनाएका हुन्।
कार्यक्रममा बज्जिका भाषा, साहित्य तथा पत्रकारिता क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूले भाषाको विकासमा पत्रकारको भूमिकाबारे प्रकाश पारेका थिए।
कार्यक्रम पत्रकार राजुकुमार श्रीवास्तवको अध्यक्षतामा भएको थियो । भेलाले श्रीवास्तवको अध्यक्षतामा बज्जिका पत्रकार समाज नामक संस्थाको गठन पनि गरेको छ।
सञ्जय मित्र, रौतहट