कला/साहित्य शुक्रबार, फागुन ९, २०७६

दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’ सार्वजनिक

हिमालखबर

दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’ सार्वजनिक

दुर्गा कार्कीको कथासंग्रह ‘कुमारी प्रश्नहरू’ लोकार्पण गरिएको छ।

प्रकाशक पब्लिकेसन नेपालयको कालिकास्थानस्थित ‘आर’ शालामा शुक्रबार आयोजित कार्यक्रममा बेलायती राजदूत निकोला पोलिट, पत्रकार अमित ढकाल र लेखकले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन्।

कार्यक्रममा बोल्दै राजदूत पोलिटले बेलायतको साहित्यिक इतिहासको स्मरण गराउँदै उसबेला उता पनि जर्ज एलिट जस्ता महिला लेखकले पुरुषका नाममा लेख्ने गरेको सन्दर्भ कोट्याइन्। “महिलालाई महत्वका साथ नहेरिए साहित्यको मैदान अनुभूति बेगरको मरुभूमि बन्नेछ”, उनले भनिन्। 

कार्यक्रममा कथाकार दुर्गा कार्कीको लेखकीय व्यक्तित्वबारे प्रकाश पार्दै कथाकारको लेखनीले आफूलाई विशेष प्रभाव पारेको बताउँदै पत्रकार ढकाल भने, “दुर्गाको लेखनीमा विशेष शैली छ जसमार्फत् उनले उठान गरेका हरेक विषयवस्तुले नवीन जीवन पाउँछन्।”

लेखक कार्कीले कथाहरू लेख्दा धेरै मान्छेका भावनाहरू महसुस गर्ने मौका पाएको बताइन्। 

प्रतिकृया दिनुहोस