चट्याङ लागेर महिला घाइते
शुक्रबार विहान चट्याङ लागेर नारायण नगरपालिका–१ भगवतीटोलकी एक महिला घाइते भएकी छन् ।
विहान करीब साढे ११ बजे घरनजिकै बकाइनोको रुखमा परेको चट्याङको झिल्को लागेर ५० वर्षीया लुरी सार्की घाइते भएको स्थानीयले बताएका छन् । घरबाहिर खाना खाएर हात धुन लागेको वेला चट्याङ लागेर उनी भुईंमा ढलेको र छिमेकीको सहयोगमा जिल्ला अस्पताल पुर्याई उनको उपचार भइरहेको छ ।
घाइतेको मुटुमा समस्या देखिएको र बाहिर असर नदेखिए पनि करेन्टका कारण केही असर परेको जिल्ला अस्पतालका इन्चार्ज डा. निरन्जन पन्तले जानकारी दिए ।
विगतमा दैलेखको नारायण नगरपालिकाको भगवती टोल, खुर्सानीवारी, महावु गाउँपालिकाको लामिडाँडा र ठाँटीकाँध गाउँपालिकाको लामामेला क्षेत्रमा धेरै चट्याङ पर्ने र धेरै घाइते हुने गरेको पाइएको छ ।
यज्ञराज थापा, दैलेख