कम्युनिस्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त भए : दाहाल
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिस्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त भएको बताएका छन् ।
दाहालले क्रान्तिमा ठूल्ठूला त्याग गर्ने र मृत्युलाई सामना गरेर जस्तोसुकै तपस्या कम्युनिष्टहरु सत्तामा पुगेपछि जनताबाट बिमुख हुने र सिद्धान्तबाट विचलित हुने गरेको बताएका हुन् ।
नारायणविलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा बोल्दै दाहालले सत्तामा पुगेपछि कम्युनिस्टहरुमा लोभ, भ्रष्टाचारजन्य क्रियाकलापमा देखिने गरेको विश्व इतिहास समेत भएको बताए ।
जनतासँग घुलमिल हुन भएर जनता जस्तै जीवनशैली अपनाउन सक्नेहरु सत्ता प्राप्त गरिसकेपछि कहीं न कहीं त्यो आदर्शबाट विचलित हुने गरेको भन्दै नेपालमा पनि त्यसका संकेतहरु देखिएको उल्लेख गरे ।
सत्तामा गइसकेपछि पद, प्रतिष्ठा, लोभलालचमा र विभिन्न खालका विसंगति-विकृति भ्रष्टाचारजन्य क्रियाकलापमा फस्ने र शासन हातमा आइसकेपछि विस्तारै जनताबाट कटेको जस्तो देखिएको उनको भनाइ थियो ।
नेपालका कम्युनिष्टहरुमा पनि त्यो क्रम एकदमै बढ्दै गएको उनकले बताए ।