कारागारभित्रै कोरोनाभाइरस : चीनमा मृतकको संख्या उस्तै, संक्रमितको संख्या घट्यो
चीनको एउटा कारागारभित्रै कोरोनाभाइरसको संक्रमण पुगेको छ । पूर्वी चीनको सेन्डङ प्रान्तस्थित एक कारागारका दुई सय कैदीमा कोरोनाभाइरस संक्रमण देखिएको हो ।
स्थानीय रेन्चेङ कारागारमा रहेका २ हजार ७७ जनाको नमुना परीक्षण गरिएकोमा २ सय जना कैदी र ७ जना कारगार सुरक्षाकर्मीमा कोरोनाभाइरस संक्रमण पाइएको प्रान्तीय सरकारलाई उद्धृत गर्दै चीनका राष्ट्रिय सञ्चार माध्यमहरुमा खबर सार्वजनिक गरेका छन् ।
सुरक्षाकर्मी र केही कैदीमा खोकी र ज्वरो आउनले लगायतका लक्षण देखिएवपिछ सबैको परीक्षण गर्दा कैदी तथा जेलरमा कोरोना संक्रमण देखिएको हो ।
कोरोनाका कारण अहिलेसम्म २ हजार २ सय ४७ जनाको ज्यान गइसकेको छ भने ७६ हजार ७ १६ मा कोरोना संक्रमित भएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगको रिपोर्ट अनुसार १८ हजार ४३८ जना उपचारपछि स्वस्थ भएका छन् ।
बिहिबारको रिपोर्ट अनुसार प्रकोप फैलिएको १६औं दिनमा मृतकको संख्यामा कमि नआएपनि नयाँ संक्रमितको संख्या भने घटेको छ । २० फेब्रुअरीमा ८८९ जना संक्रमण देखिउको छ भने ११८ जनाको ज्यान गएको छ ।