अर्गानिक कर्णाली प्रदेश बनाउने प्रतिबद्धता
-यज्ञराज थापा, सुर्खेत
प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन २०७६ मा ५ बँुदे साझा प्रतिवद्धता जारी गर्दै सकिएको छ । कर्णाली प्रदेशलाई पूर्ण अर्गानिक प्रदेश बनाउन जनप्रतिनिधिहरुले साझा प्रतिबद्धता गरेका छन् ।
बुधबार देखि शुरु भएको प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलनमा सहभागी कर्णाली प्रदेशका जनप्रतिनिधिहरुले कर्णाली प्रदेश लाई अर्गानिक प्रदेश वनाउनका लागी पाँच बुदे साझा प्रतिवद्धता ब्यक्त गरेका थिए ।
‘अर्गानिक खेतीमा बृद्धि, कर्णाली प्रदेशको समृद्धि’ भन्ने मुल नारा लिएर शुरु भएको प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलनमा कर्णाली प्रदेशको खेतीपाती (खाद्यान्न, तरकारी, फलफूल, मसला, पशुपंछी पालन तथा कृषि पशुपंछीजन्य उद्योग समेत) समग्रतामा प्रागांरिक (अर्गानिक) बनाउन, सबै कर्णालीबासीमा प्रागांरिक (अर्गानिक) खेतीपातीको जागरण बढाउन प्रतिवद्धता जनाएका छन् ।