प्रहरी महानिरीक्षक ज्ञवालीलाई सशस्त्रका महानिरीक्षकले दिए बधाई
प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहीबार बधाई दिएका छन्।
नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नियुक्त भएकोमा प्रहरी महानिरीक्षक ज्ञवालीलाई सशस्त्र प्रहरी महानिरीक्षक खनाल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरूले प्रहरी प्रधान कार्यालयमा भेटघाट गरी शुभकामना सहित बधाई दिएका हुन्।
भेटघाटका अवसरमा उनीहरूबीच शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने लगायत विषयमा सुरक्षा निकायहरूबीच ऐक्यबद्ध भई अगाडि बढ्ने लगायत विषयमा छलफल भएको थियो ।
तोकिएको जिम्मेवारी बहन गर्ने क्रममा आपसी सहयोग अभिवृद्धि गरी राष्ट्रिय हितका लागि समर्पित भई काम गर्ने प्रतिबद्धता उनीहरुले व्यक्त गरे।
उक्त अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।