समाचार विहीबार, फागुन ८, २०७६

अर्थमन्त्री खतिवडालाई सञ्चार मन्त्रालयको जिम्मेवारी, बाँस्कोटाको राजीनामा स्वीकृत

हिमालखबर

अर्थमन्त्री खतिवडालाई सञ्चार मन्त्रालयको जिम्मेवारी, बाँस्कोटाको राजीनामा स्वीकृत

सेक्युरिटी प्रिन्टिङ खरीद प्रक्रियामा स्वीसका एजेन्टसँग कमिशनबारे भएको अडियो सार्वजनिक भएपछि गोकुल बाँस्कोटाले दिएको राजीनामा स्वीकृत भएको छ ।

बाँस्कोटाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजीनामा दिएका थिए । राजीनामा स्वीकृत गर्दै अर्थमन्त्री युवराज खतिवडालाई सूचना, प्रविधि तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

बाँस्कोटा सरकारको प्रवक्ता सँगै सञ्चार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारीमा थिए । सहरी विकास मन्त्रालयकाे जिम्मेवारी भने भाैतिक याेजना तथा पूर्वाधार मन्त्री वसन्त नेम्वाङलाई  दिइएकाे छ ।

प्रतिकृया दिनुहोस