सेक्युरिटी प्रिन्टिङबारे सञ्चार सचिवसँग लेखा समितिको आठ प्रश्न
नेपाल सरकारले खरीद गर्न लागेको सेक्युरिटी प्रिन्टिङबारे सार्वजनिक लेखा समितिले सूचना, प्रविधि तथा सञ्चार सचिवसँग आठ बुँदे प्रश्न सोधेको छ ।
समितिले लिखित प्रश्न नै सोधेको हो । खुला प्रतिश्पर्धा नगरी जी टु जी (सरकार र सरकार बीच) सम्झौता नगरिएको, लागत मूल्य यथार्थ नभएको, स्वीस कम्पनीको प्रस्ताव अस्वीकार गरिनुको कारण सचिवसँग सोधिएको हो ।
स्वीस कम्पनीको नेपाली एजेन्ट बिजयप्रकाश मिश्रले दिएको उजुरीमाथि समितिले सञ्चार मन्त्रालयका अधिकारीहरुको जवाफ माग्दै आठ बुँदे प्रश्न सोधेको छ। समितिले फ्रान्स र जर्मनको प्रस्तावमा फराकिलो अन्तर देखिएकोबारे पनि प्रश्न सोधेको छ ।
सरकार प्राप्त गरेको प्रस्ताव र मन्त्रिपरिषदको निर्णयमा भएको अस्पष्टताबारे पनि समितिले प्रश्न उठाएको छ । सरकारले दिन सम्झौता गर्न लागेको कम्पनीसँग छपाईसँग सम्बन्धित अनुभव भएकोबारे पनि जवाफ मागिएको छ ।
याे प्रकरणमा सूचना, प्रविधि तथा सञ्चार गाेकुल बाँस्काेटाले स्वीस कम्पनीको नेपाली एजेन्ट बिजयप्रकाश मिश्रसँग ७० कराेडकाे कमिसन बार्गेनिङ गरेकाे अडियाे सार्वजनिक भएकाे छ ।