मन्त्री बाँस्कोटाबारे ओली–दाहाल छलफलमा
सूचना, प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले कमिशन बार्गेनिङ अडियो सार्वजनिक भए पछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री रहेका ओलीसँग छलफल गर्न अर्का अध्यक्ष दाहाल बालुवाटार पुगेका छन् । सेक्युरिटी प्रिन्टिङ खरीद प्रक्रियामा स्वीस एजेन्ट बिजयप्रकाश मिश्रसँग मन्त्री बाँस्कोटाले बार्गेनिङ गरेको अडियो विभिन्न सञ्चार माध्यममार्फत् सार्वजनिक भएको छ ।
नेकपा स्रोतका अनुसार, अध्यक्ष द्वयको छलफल पछि सचिवालयको बैठक बोलाउने संभावना छ । नेकपामा मन्त्री बाँस्कोटालाई राजीनामा गराउनुपर्ने दबाव बढेको छ ।