घरेलु मैदानमै टोटनहाम स्तब्ध
युरोपियन च्याम्पियन्स लिगमा टोटन हाम घरेलु मैदानमै आरबी लिपजिङसँग पराजित भएको छ ।
बुधबार राति सकिएको खेलमा टोटन हाम लिपजिङसँग पुरै दबावमा खेल्यो । खेल अवधिभर लिपजिङ हाबी भएको थियो । उसको बलमा ५७ प्रतिशत कब्जा थियो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकियो । दोस्रो हाफको ५८औं मिनेटमा भने टोटनहामले लिपजिङलाई रोक्न सकेन । पेनाल्टी मार्फत गोल गर्दै टोटनहामलाई लिपजिङले पछाडि पार्यो ।
यसपछि दुवै टीमबाट गोल हुन सकेन । टिमो वार्नरले गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो । टोटनहामले पहिलो लेग नै घरेलु मैदानमा खेल्ने अवसर पाए पनि हेरी केन, सन जस्ता बलिया स्ट्राइकर बिना मैदान उत्रिनु पर्दा त्यसको मूल्य समेत चुकाउनु परेको छ ।