सेवा प्रवाह सहज बनाउन विमानस्थलमा रोबोट राखिने
नेपाल भ्रमण वर्ष २०२० लाई मध्येनजर गरि त्रिभुवन विमानस्थलमा दुई वटा रोबोट जडान गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, भ्रमण वर्षको सचिवालय, नेपाल पर्यटन बोर्ड र नेपाल नागिक उड्डयन प्राधिकरणको संयुक्त प्रयासमा सेवा प्रवाह सहज बनाउनका लागि रोबोट जडान गर्न लागिएको जनाइएको छ ।
पर्यटन परी नाम दिएका उक्त रोबोटहरुलाई विमानस्थलको आगमन र प्रस्थान कक्षमा राखिने छ । उक्त रोबोटले नेपाली, अंग्रेजी र चिनियाँ भाषामा संवाद गर्ने र नेपालका पर्यटन गन्तव्य, भिषा प्रक्रिया र विमानस्थलको संरचनाबारे जानकारी गराउने बताइएको छ ।
रोबोटको बिहिबार उद्घाटन गरिने छ ।