मृत्युपछि छोरीहरुले शव बोके, पत्नीले दागबत्ती दिइन्
धनुषाको सबैला नगरपालिका वडा नम्बर २ का रामनारायण यादवको निधन भएपछि उनका छोरीहरुले शव बोकेर घाटसम्म पुर्याए । मंगलबार निधन भएका यादव नेपाली कांग्रेसका स्थानीय कार्यकर्तासमेत थिए ।
यादवका छोरीहरु मात्रै भएपछि शव बोक्ने र काजक्रिया कसले गर्ने भन्ने बारेमा छलफल भयो । तर छोरीहरुले आफै गर्छौं भनेर मृत्युपछि गरिने संस्कार गरे ।
घरदेखि ५ किलोमिटरको दुरीमा रहेको कमला खोला छेउको घाटमा छोरीहरुले नै शव बोकेर पुर्याए । यादवकी श्रीमती ६२ वर्षिया राधिकादेवीले दागबत्ती दिइन् ।
सामान्यतयः छोराले आमा वा बाबुको निधनपछिको कर्म गर्ने चलन रहँदै आए पनि पछिल्लो समय छोरीहरुले पनि शव बोक्ने तथा काजक्रिया गर्न थालेका छन् ।