सुर्खेतमा गाडीको ठक्करबाट एकको मृत्यु
सुर्खेतको भेरीगंगा नगरपालिका–१२ मा रहेको छिन्चु बजारमा मंगलबार राति गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ।
बा ३ ख ६३५२ नम्बरको फोर्स गाडीले ठक्कर दिँदा भेरीगंगा नगरपालिका–४ का ३२ वर्षीय राजु बोहोराको मृत्यु भएको हो।
आफ्नो भे४प ६३३८ नम्बरको मोटरसाइकल रोकी हिंड्ने क्रममा पछाडिबाट आएको गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भएका बाहोरालाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको अस्थायी ट्राफिक पोस्ट छिन्चुले जानकारी दिएको छ ।
बोहोराको मृत्युसँगै अहिले छिन्चु बजार तनावग्रस्त बनेको छ । चालकलाई कारबाहीको माग गर्दै छिन्चुबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधन मृतकका आफन्त तथा स्थानीयले चल्न दिएका छैनन् भने बजार पनि पूर्ण रूपमा बन्द भएको छ ।
गाडी चालक र गाडी धनी फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यज्ञराज थापा, सुर्खेत