चीनबाट ल्याइएका कसैमा देखिएन कोरोनाभाइरसको संक्रमण
चीनको वुहानबाट नेपाल ल्याएर क्वारेन्टाइनमा राखिएका कसैमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छैन । स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गरेर उनीहरुको नाक र घाँटीबाट स्याम्पल लिएर परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ पाइएको जानकारी दिएको हो ।
अहिलेसम्म नेपालमा २१० जनाको कोरोना संक्रमण परीक्षण गरिएको एक जनालाई मात्रै कोरोना पोजेटीभ देखिएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए। परीक्षण गरिएका मध्ये १७५ जना आइतबार वुहानबाट नेपाल ल्याइएका हुन् ।
कोरोना पोजेटीभ देखिएका व्यक्ति पनि स्वस्थ भएर घर फर्किसकेको मन्त्रालयले जानकारी दिएको छ ।