चिनियाँ राष्ट्रपति सी र बेलायती प्रधानमन्त्री बोरिस जोनसनबीच टेलिफोन वार्ता
चिनियाँ राष्ट्रपति सी जिङफिङले बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग कोरोनाभाइरस ‘कोभिद–१९’ विरुद्धको उपचारले सकारात्मक परिणाम दिइरहेको बताएका छन् ।
सीले बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँगको टेलिफोन वार्तामा कोरोनाभाइरसको उपचारले देखिने गरी परिणाम दिइरहेको बताएका हुन् ।
मंगलबारको भएको टेलिफोनवार्तामा सीले कोरोनाभाइरसको महामारी झेलिरहेको चीनले यसवर्षको आर्थिक तथा सामाजिक विकासको लक्ष्य पनि हासिल गर्ने विश्वास व्यक्त गरे । सीले कोरोना नियन्त्रण गर्न आफ्नो सबै शक्ति प्रयोग गरेको र यो प्रकोप चाँडै नियन्त्रणमा आउने बाताए । बेलायती प्रधानमन्त्री जोनसनले चीनलाई कोरोनाभारस नियन्त्रणका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।