कूल कैदीबन्दी मध्ये ६ प्रतिशत महिला
देशभरका ७४ वटा कारागारमा रहेका कूल कैदीबन्दी मध्ये करिब ६.२० प्रतिशत महिला रहेका छन् । पुस मसान्तसम्मको तथ्यांक अनुसार कूल २४ हजार ७०४ जना कैदीबन्दी मध्ये २३ हजार १७१ जना (९३.७९ प्रतिशत) पुरुष र १५३३ जना महिला रहेको कारागार व्यवस्थापन विभागको तथ्यांक छ ।
सबैभन्दा बढी कैदीबन्दी भएको कारागार काठमाडौंको जगन्नाथदेवल हो । जसमा दुई हजार ७२७ पुरुष र ४२२ महिला रहेका छन् । विभागका अनुसार आश्रित बालबालिका संख्या ९१ रहेको छ ।
कारागारमा कूल एकहजार २६५ जना विदेशी नागरिक रहेका छन् । अघिल्लो महिनाभन्दा यो महिना १० जना विदेशी बढेको तथ्यांक छ ।
कहाँ कति महिला कैदी?