सेफर च्वाइस अवार्ड महिन्द्रा एक्सयूभीलाई
महिन्द्रा एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीको पहिलो सेफर च्वाइस अवार्ड पाएको छ । यो अवार्ड भारतमा बिक्री हुने कार मध्ये उच्चतम स्तरको सुरक्षा पदर्शन गर्ने सवारी निर्मातालाई दिइन्छ ।
महिन्द्रा एक्सयूभी ३०० ले जनवरीमा मात्र वयस्कहरूमा फाइभ स्टार सुरक्षा रेटिङ र बालबालिकाहरूको सुरक्षाका लागि फोर स्टार रेटिङ पाएको थियो । यो नै अभियानको उच्चतम स्कोर हो ।
यो ग्लोबल एनसीएपीद्वारा गरिएको हालसम्म सञ्चालित भारतका सुरक्षित कार अभियान ह्यास ट्याग सेफर कार्स फर इण्डिया अन्तर्गत परीक्ष गरिएका कुनै पनि कार मध्ये सवारी साधनमा रहनेहरु सवैका लागि एकीकृत रुपमा पाएको सर्वाधिकसुरक्षा रेटिङ हो ।
एनसीएपीले सन् २०१८ मा सम्पन्न दिल्ली अटो एक्स्पोका क्रममा ‘सेफर च्वाइस’ अवार्डको स्पष्र्धा सुरु गरेको थियो ।