निमा गुरुङ र बिमल अधिकारी सर्वोत्कृष्ट खेलाडी
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले प्याराग्लाइडिङका बिमल अधिकारी र तेक्वान्दोकी निमा गुरुङलाई सर्वोत्कृष्ट खेलाडीको अवार्ड दिएको छ ।
इन्डोनेसियाको जार्कातामा भएको एसियाडमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएका बिमललाई पुरुषतर्फको सर्वोत्कृष्ट अवार्ड दिइएको छ भने एसियाडमै राम्रो प्रदर्शन गरेकी निमालाई महिला तर्फको सर्वोत्कृष्ट अवार्ड दिइएको हो ।
२०७५ को उदयमान खेलाडीको अवार्ड भने एथ्लेटिक्सका अजितकुमार यादव र महिलातर्फ भलिबलकी सरस्वति चौधरीले पाएकी छन् । कार्यक्रममा विभिन्न २० विधामा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिएको थियो ।