डिफेन्डिङ च्याम्पियन लिभरपुल एटलेटिको मड्रिडसँग पराजित
यूईएफए युरोपियन च्याम्पियन्स लिगमा डिफेन्डिङ च्याम्पियन लिभरपुल एटलेटिको मड्रिडसँग पराजित भएको छ ।
मंगलबार राति एटलेटिको मड्रिडको घरेलु मैदानमा लिभरपुल एक–शून्य गोल अन्तरले पराजित भएको छ । खेलको शुरुमै मड्रिडले अग्रता लिएको थियो । चौंथो मिनेटमै सउल निगुएजले गरेको गोल नै निर्णायक हुँदा लिभरपुल पराजित भयो ।
खेलमा ७३ प्रतिशत कब्जा जमाए पनि लिभरपुलले गोल गर्न सकेन । अग्रता लिए पछि रक्षात्मक खेल खेलेको एटलेटिको मड्रिडले भने प्राप्त अवसर लगातार प्रयोग गर्ने प्रयास गरेको थियो ।
साडियो माने, फिर्मिन्हो, सलाह, भान डाइक, गोमेज जस्ता स्टार खेलाडीहरुले भरिएको लिभरपुललाई पराजित गर्न एटलेटिको निकै रणनीतिक खेल्यो ।