प्रजातन्त्रलाई जीवन पद्धति बनाऔँः मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ७०औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सवै नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।
प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै यसलाई जीवन पद्धति बनाएर अघि बढ्नुपर्ने मुख्यमन्त्री गुरुङले बताएका छन् ।
सन्देशमा मुख्यमन्त्री गुरुङले अहिलेसम्म प्राप्त सम्पूर्ण उपलब्धिलाई संस्थागत गर्दै समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई व्यवहारमा उतार्नु आजको आवश्यकता, प्रमुख कार्यभार र साझा दायित्व रहेको बताए ।
२००७ फागुन ७ गते १०४ वर्षीय निरङ्कुश जहाँनियाँ राणा शासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा प्रतातन्त्र दिवस मनाउने गरिएको छ ।