कोरोनाभाइरसका कारण भारतमा एलईडी बल्बको मूल्य १० प्रतिशत बढ्ने
चीनमा कोरोनाभाइरसको संक्रमण फैलिदै जाँदा त्यसको असर व्यापार क्षेत्रमा पनि देखिएको छ । आगामी मार्च महीनादेखि भारतमा एलईडी बल्बको मूल्य १० प्रतिसतसम्म बढ्ने आकलन गरिएको छ ।
चीनमा उत्पादित सामान विश्वका प्रायः सबै देशमा पुगेका छन् । चीनले विश्व बजारमा कच्चापदार्थ पनि आपूर्ति गर्छ । कोरोनाभाइरसका कारण अहिले चीनको व्यापार लगभग बन्दझैं भएको छ। यसले विश्व बजारमा ठूलो असर गरेको छ ।
भारतमा एलईडी बल्बमा प्रयोग हुने कच्चापदार्थ करीब ३० प्रतिशत चीनबाट आउने गर्छ ।