थप समाचार मंगलबार, फागुन ६, २०७६

काेराेनाभाइरसका कारण भारतमा पारासिटामोलको मूल्य ४० प्रतिशत वृद्धि

हिमालखबर

काेराेनाभाइरसका कारण भारतमा पारासिटामोलको मूल्य ४० प्रतिशत वृद्धि

विश्वव्यापी रुपमा फैलिइरहेको कोरोनाभाइरस (कोभिड १९) को संक्रमणको प्रभाव छिमेकी भारतमा पनि परेको छ ।

ब्लूमबर्गको रिपोर्ट अनुसार चीनबाट सप्लाइ बन्द हुँदा भारतमा पारासिटामोल नामक औषधिको मूल्य ४० प्रतिशत बढेको छ ।

यसैगरी ‘ब्याक्टेरिया इन्फेक्सन’को उपचारमा प्रयोग गरिने ‘एन्टिबायोटिक एजिथ्रोमाइसिन’ को मूल्य ७० प्रतिशतसम्म बढेको जनाइएको छ ।

अर्को महीनाको पहिलो हप्तासम्म पनि चीनबाट आपूर्ति नभए पूरै औषधि उद्योगमा ‘इन्ग्रिडियन्ट्स’ को कमी हुनसक्ने आकलन गरिएको छ ।

एक्टिभ फर्मास्यूटिकल इन्ग्रिडियन्ट्स (एपीआई) को आयातमा भारत चीनमाथि निर्भर छ । कुनै पनि औषधि बनाउनका लागि एपीआई महत्वपूर्ण कम्पोनेन्ट मानिन्छ ।

भारतमा भन्दा चीनमा लागत कम भएकाले यी औषधिजन्य बस्तु भारतले चीनबाट आयात गर्छ ।

भारतले ८० प्रतिशतसम्म फर्मा इन्ग्रिडियन्ट्सका कयौं उत्पादन चीनबाट आयात गर्छ ।–एजेन्सी

प्रतिकृया दिनुहोस