कोरोनाभाइरसको संक्रमणबाट वुहान अस्पतालका निर्देशक जिमिङको मृत्यु
कोरोनाभाइरसको संक्रमणबाट चीनको वुहान वुचाङ अस्पतालका निर्देशक लिउ जिमिङको मृत्यु भएको छ ।
संक्रमणको प्रकोप सुरु भएको हुपेइ प्रान्तको वुहानमा रहेको वुहान वुचाङ अस्पतालका निर्देशक वरिष्ठ डाक्टर जिमिङको मंगलबार बिहान मृत्यु भएको चिनियाँ संचारमाध्यमहरले जनाएका छन् ।
एससीएमपीका अनुसार डाक्टर जिमिङको मंगलबार बिहान साढे १० बजे मृत्यु भएको हो ।
चीनको राष्ट्रिय स्वास्थ्य विभाग अनुसार वुहानमा कोरानाभाइरसबाट संक्रमितको दर र बिरामीको मृत्युदर सबैभन्दा बढी छ ।
चीनमा सोमबार मात्रै १,८८६ नयाँ कोरोनाभाइरस संक्रमित भेटिएका छन् भने ९८ जनाको ज्यान गएको छ । यससँगै ज्यान जानेको संख्या १,८६८ पुगेको छ भने संक्रमितको संख्या ७२,४३६ पुगेको छ ।