ट्रेड युनियन खारेज गरे आन्दोलन गर्ने चेतावनी
नेपाल निजामती कर्मचारी संगठनले ट्रेड युनियन खारेज गरे आन्दोलनमा जाने चेतावनी दिएको छ । भक्तपुरमा २ र ३ फागुनमा बसेको सातौं केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गर्दै संगठन उक्त धारणा सार्वजनिक गरेको हो ।
नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले मंगलबार ट्रेड युनियन खारेज गर्ने, संकुचित गर्ने र अधिकार खुम्च्याउने सरकारको तरिका आफूलाई स्वीकार्य नहुने भन्दै आन्दोलन गर्ने चेतावनी दिए ।
उनले संघीय निजामती कर्मचारी सेवा ऐन निर्माणको क्रममा संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा केही सांसदहरुले ट्रेड युनियन खारेज गर्नुपर्ने तथा अधिकार खुम्च्याउने बहस चलाएको भन्दै आपत्ति जनाए । संगठनले ट्रेड युनियन खारेज गर्नेगरी ऐन ल्याइए आन्दोलन गर्ने भनेर वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाको संयोजकत्वमा ‘आन्दोलन तयारी तथा परिचालन समिति’ गठन गरिसकेको जानकारी उनले दिए ।
कर्मचारी संगठनले कर्मचारीको मात्रै हितमा नभइ सिंगो राष्ट्रिय हितका लागि समेत आवाज उठाउने गरेको भन्दै उ नले ट्रेड युनियनमा लाग्ने कर्मचारीहरुमाथि कार्यालयको काम नगरी ट्रेड युनियनको मात्र काम गर्ने आरोप लाइएको आरोपको खण्डन समेत गरे ।