पशु सुत्केरी भत्ताले बढे पशुपालक किसान
सिन्धुलीको कमलामाई नगरपालिकाले पशु सुत्केरी भत्ता दिन थालेपछि पशुपालक किसान बढेका छन् ।
आर्थिक वर्ष २०७५/७६ देखि नगरपालिकाले पशु सुत्केरी भत्ता दिन थालेको हो । पशु सुत्केरी भए किसानलाई एक हजार भत्ता दिइदै आएको छ । यो कार्यक्रम पछि पशुपालक किसान बढेको कमलामाई नगरपालिका पशुविकास शाखाका पशु प्राविधिक मीनबहादुर थापाले बताए ।
गत वर्ष ३५ गाई र ५४ भैंसीको सुत्केरी भत्ता बितरण गरिएको थियो । यो वर्ष बढेर २९८ गाई र १४१ भैंसीको सुत्केरी भत्ता वितरण गरिएको छ । पशुको बीमा गराए पछि सुत्केरी भत्ता दिइने गरेको छ ।