काठमाडौंकाे सडकमा सुतिरहेकालाई टिपरले किच्दा मृत्यु
टिपरले किच्दा सडकपेटीमा सुतेका एक जनाको काठमाडौंमा मृत्यु भएको छ ।
शंकरापुर नगरपालिका–६ को ढोल्लामा टिपरले किच्दा ४० वर्षीय प्रविण श्रेष्ठको मृत्यु भएको हो । स्थानीयका अनुसार, श्रेष्ठ सडकको पेटीमा सुतेका थिए ।
सडकमा सुतिरहेका श्रेष्ठलाई सोमबार राति १० बजेतिर ना १ क ४५६४ नम्बरको टिपरले किचेको थियो । श्रेष्ठको साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।