निर्भया केसका दोषीलाई फाँसी दिन अदालतले तोक्यो नयाँ मिति
भारतको पटियाला हाउस कोर्टले निर्भया बलात्कार केसका सबै दोषीलाई फाँसी दिनका लागि नयाँ मिति तोकेको छ । सामूहिक बलात्कारको शिकार भएकी निर्भयाको केसमा अदालतले चारै जनाको ३ मार्चका दिन बिहान ६ बजे फाँसी हुने जनाएको हो ।
यही केसमा यस अघि अदालतले दोषीलाई फाँसी दिनका लागि तीन पटक मिति तोकि सकेको छ । निर्भयाका माता–पिताले जाहेरी दिएर चारै जना दोषीलाई नयाँ फाँसीको मिति तोक्न माग गरेको थिए ।
-एजेन्सी