सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ
रूपन्देहीको मर्चवारमा एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार सम्मरीमाई गाउँपालिकाकी १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा पंकज तिवारी, ब्रिजेश तिवारी र जवन्त कोहारलाई प्रहरीले पक्राउ गरेको हो ।
गाउँमा महायज्ञ चलिरहेका वेला आफ्नै घरभित्र रहेकी किशोरीमाथि तीनै जनाले घरबाहिर बोलाएर सामूहिक बलात्कार गरेको प्रहरीको उजुरीमा उल्लेख छ ।
पीडितका आफन्तले सोमबार बिहान इलाका प्रहरी कार्यालय मर्चवारमा पुगेर उजुरी दिएपछि तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ भने बालिकाको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ ।