आपूर्ति राज्यमन्त्री दुगड र युएइका उद्योग मन्त्रीबीच अबुधाबीमा छलफल
उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले संयुक्त अरब इमिरेट्स (युएइ) का उर्जा तथा उद्योग मन्त्री सुहाइल मोहमेद फराज अल मजुरेइसँग भेटघाट गरेका छन् । राज्यमन्त्री दुगड दुबईमा आयोजना हुने एक्सपो २०२० का प्रतिनिधिसँग भेट गर्नका लागि त्यहाँ पुगेका हुन् ।
भेटमा द्विपक्षीय सम्बन्धको चर्चा गर्दै दुई मुलुकहरुले जलविद्युत नविकरण र उर्जा तथा पर्यटन क्षेत्रको विकासमा लगानी गर्न सकिने विषयमा छलफल गरेका छन् । राज्यमन्त्री दुगडले नेपालमा कृषि पर्यटन जलविद्युत उर्जालगायतका क्षेत्रमहरुमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै युएइ सरकारलाई नेपालमा लगानीका लागि आव्हान गरे ।
छलफलमा युएइका लागि नेपाली राजदुत कृष्णप्रसाद ढकाल र दुतावासका उच्च पदाधिकारीहरुको समेत उपस्थिति थियो ।