अमेरिका विरुद्धको कीर्तिमानी जितले नेपालको ओडीआई बरियतामा सुधार
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले एक दिवसीय क्रिकेटको नयाँ बरियता सार्वजनिक गरेको छ । नयाँ बरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ । १७औं स्थानमा रहेको नेपाल १६औंमा उक्लिएको हो ।
कीर्तिपुरमा १२ फेब्रअरीमा सकिएको त्रिकोणात्मक सिरिजमा नेपालले चार मध्ये दुई खेल जितेको थियो भने दुई खेलमा पराजित भएको थियो । ओमानसँगको दुवै खेल गुमाए पनि अमेरिका विरुद्ध विश्व कीर्तिमानी जित निकालेको थियो ।
सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गर्दै १६ वर्ष अगाडि श्रीलंकाले बनाएको कीर्तिमानी बराबरी गरेको थियो । १२ ओभरमा ३६ रनको लक्ष्य पछ्याएको नेपालले जवाफी ब्याटिङमा ५.२ ओभरमै लक्ष्य भेटाए पछि सवैभन्दा कम ओभरमा सकिएको विश्व कीर्तिमानी नेपालले बनाएको थियो ।
यो नतिजासँगै, नेपालको ओडीआई बरियतामा सुधार आएको छ । नयाँ बरियतामा इंग्ल्याण्ड शीर्ष स्थानमा छ भने दोस्रोमा भारत, तेस्रोमा न्यूजिल्याण्ड, चौथोंमा साउथ अफ्रिका, पाँचौंमा अष्ट्रेलिया र छैटौंमा पाकिस्तान रहेको छ । नेपाल भन्दा मुनि नामिबिया, यूएई, अमेरिका र पपुवा न्यूगिनी रहेको छ ।